येले सम्वत बारे भ्रम र यथार्थता

निनाम लोवात्ती

हुन त ‘राई !’ भन्नेहरूको नयाँ वर्ष माघमा सुरु हुन्छ होला । तर, हामी ‘किराती कुलुङ’ जातिको जीवनचक्रअनुसार माघ १ गते होइन, पुस १५ गते यले दोङ अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार यो वर्षको पुस १५ गतेदेखि किराती कुलुङ समुदायमा यले दोङ–५०८२ सुरु भयो । सोही दिन ‘किराती कुलुङ’ जातिले ‘मीनारी–दाचम् चाक्चाकूर’ पर्व मनाउँछन् । अर्को भनेको यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने/मनाउनुपर्ने भन्ने उर्दी पनि छ, उनको लेखमा ।

यहीं माघ १ गते एक राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा ‘किरात येले संवत्को नयाँ वर्ष’ लेख छापिएको थियो । धेरै त नभनौँ केही जानकारीमूलक नै रहेको सो लेखका लागि लेखक राई धन्यवादका पात्र छन् । तैपनि त्यस लेखमा उल्लेख भएका केही विषयमा हामी (कुलुङ समुदाय) ले लेखक राईलाई केही प्रस्टीकरण दिनुपर्ने र केही प्रश्न गर्नुपर्ने रहेको देखिन्छ । हुन त सो लेखका लेखक राई खासमा एक शुद्ध लेखक मात्रै नभएर सोही दैनिकमा कार्यरत पत्रकार पनि हुन् । त्यो भन्दा पनि अझ बढी त उनी राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर÷एसडब्लुसी–२६५६, काठमाडाैं जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८-०४९-०५०) को पूर्व केन्द्रीय सदस्य र केन्द्रीय सचिवसमेत भइसकेका व्यक्ति हुन् ।

त्यही भएर पनि होला, उनको पत्रकारिता कहिल्यै पनि राईकरणको मारमा परेका आठपहरिया, कुलुङ, बाहिङ, मेवाहाङ, खालिङ, बान्तावा, याम्फु आदि सकारात्मक र निष्पक्ष बन्न सक्दैनन्, सकेको छैन । अथवा भनौँ राईकरणको मारमा परेका आठपहरिया, कुलुङ, बाहिङ, मेवाहाङ, खालिङ, बान्तावा, याम्फु आदिबारेमा आप्mनो लेख, समाचार आदिमा छिसिक्क केही पनि सकारात्मक ढंगले लेख्दैनन् । बरु मौका परे कुलुङलगायत जातिलाई ‘डलर खान राई फुटाउन आँटेको !’ भन्ने सम्मको आरोप लगाएर लेख लेख्छन् । कसैलाई यस सम्बन्धमा प्रमाण नै चाहिएमा सो आशयको राईको लेख कुनै एक अनलाइन र यायोक्खाको मुखपत्र ‘निप्सुङ’को कुनै अंकमा सुरक्षित रहेको छ ।

त्यसैले उनले बेलाबेला आफू कार्यरत दैनिकका दिने-प्रकाशित गर्ने समाचारहरू सधैं एकपक्षीय ढंगले आफ्नो अनुकूल वा आपूmले समर्थन गरेको पक्षजस्तै माथि उल्लिखित उनको पत्रकारिताको ‘किरात येले संवत्को नयाँ वर्ष’ लेखलाई पनि हेर्न सकिन्छ । उनको अर्को एकपक्षीयताको ताजा उदाहरण भनेको आफू शिक्षा बिटको पत्रकार भए तापनि गएको जनगणना ताका वाम्बुले…लाई केन्द्रीय तथ्यांक विभागले अर्कै बनाएको भन्दै आफैं अघि सरेर प्रस्टीकरण समाचार बनाएको/छापेकोलाई लिन सकिन्छ । तर, त्यसरी आफ्नो बारेमा बिग्रेको वा कसैले बिगारेको काममा आफैं अघि सर्ने राईले कहिल्यै पनि विगत २१-२२ वर्षदेखि मुक्त हुन र, आफ्नै कुलुङ जातीय स्वपहिचानले चिनिन चाहने कुलुङ जातिका बारेमा भने एकपटक पनि सकारात्मक ढंगले समाचार दिएनन्, लेख वा फिचर लेखेनन् ।

बरु उल्टै कुलुङ जातिलाई जबरजस्ती राईमा गाभ्ने राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद् दर्ता नम्बर/एसडब्लुसी–२६५६, काठमाडाैं जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) को पक्षपोषण गरेर समाचार बनाई रहे, समाचार छापी रहे । प्रतिष्ठित भनिएको दैनिकमा कार्यरत पत्रकार भएर पनि उनले विनादर्ता दर्ता चलाएको/चलाइरहेको ‘लिब्जु भुम्जु’मा त्यस्तै समाचारहरू छापे/छाप्छन् । त्यस क्रममा उनले कतिसम्म गरे भने, बरु ०६८ सालको जनगणनाको नतिजामा बान्तावा जाति अलग्गै जातिका रूपमा आएपछि कान्तिपुरमा बान्तावा जाति अलग्गै जातिको रूपमा आएको भए तापनि ‘बान्तावा राई !’ नै हो भन्ने आशयसहित आफ्नो समाचारको बिट मारेमा थिए । त्यस्तै राना थारू सूचीकृत भएपछि पनि राना थारूलाई पनि राना थारू अलग्गै सूचीकृत भए तापनि उनीहरू अलग्गै जाति नभएर ‘थारू नै !’ हुन् भनी समाचार लेखेका थिए । सो समाचार बारे मेरो विश्वास नलागे रुची हुनेहरूले त्यो समाचार कुनै पनि लाईबे्ररीमा गएर अझैं पनि हेर्दा हुन्छ ।

राईको यस्ता पत्रकारिता अर्थात् ‘माल इन्फोर्मेसन, डिस इन्फोर्मेसन, मिस इन्फोर्मेसन’ बारे थाहा पाउन यस्ता राईवादी पत्रकारहरू अनि राई जातिवादीहरूबाट पीडित व्यक्ति वा समुदायको आँखाबाट हेर्दा मात्रै भेऊ पाउन सकिन्छ । जुन कुरो विगत १२/१३ वर्षदेखि ‘कुलुङ’ले भोग्दै आएको छ । खैर, यस बारेमा अलग्गै अर्को लेख नै लेखौँला । अब लागौँ उनको ‘किरात येले संवत्को नयाँ वर्ष’ लेख बारे केही गन्थनमन्थन गर्नेतर्फ । हुन त ‘राई !’ भन्नेहरूको नयाँ वर्ष माघमा सुरु हुन्छ होला । तर, हामी ‘किराती कुलुङ’ जातिको जीवन चक्रअनुसार माघ १ गते होइन, पुस १५ गते यले दोङ अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार यो वर्षको पुस १५ गतेदेखि किराती कुलुङ समुदायमा यले दोङ–५०८२ सुरु भयो । सोही दिन ‘किराती कुलुङ’ जातिले ‘मीनारी–दाचम् चाक्चाकूर’ पर्व मनाउँछन् । अर्को भनेको यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने-मनाउनुपर्ने भन्ने उर्दी पनि छ, उनको लेखमा । राईको लेखमा जो उर्दी छ, निश्चय नै त्यस बारेमा अलि बहस र छलफल गर्ने कि ? हुन त राई भन्नेहरूले त्यसरी यले दोङ–५०८२ नमानेर ३८०१ मान्नुपर्ने/मनाउनुपर्ने भन्ने बारेमा छलफल र बहस भयो पनि होला । तर, त्यस्तो छलफल र बहसमा ‘कुलुङ’, ‘बाहिङ’, ‘मेवाहाङ’, ‘खालिङ’, याम्फु, आठपहरिया, जिरेल, हायु, सुरेल थामीलगयात ३३÷३४ भन्दा बढी आफ्नै अलग–अलग जातीय स्वपहचान र अस्तित्व भएका किरातजन्य अन्य संघ–संस्थाका अगुवाहरूलाई बोलाइएन, कि बोलाइयो ? अथवा उनीहरूका अगुवाहरूसँग पनि त्यस विषयमा सामान्य बहस र छलफल गरियो त ? त्यसका केही रेकर्ड, सबुत, प्रमाण छन् ? कि कथित राई, लिम्बु, सुनुवार याक्खा (चार किराती भनिने) हरूले भनेपछि बाँकी नौ तिहाइभन्दा बढी किरातीहरूले उहिले राजा महाराजाहरूको पालामा जारी गरेको ‘हुकुम प्रमांगीसरह !’ मानेर मानी दिनुपर्ने ? यस बारेमा पनि राईले प्रस्ट्याएर अर्को लेख लेख्नुपर्ने देखिन्छ ।

किनभने, त्यस दैनिकले त्यसै पनि बाहिरका र नाम नचलेका, सोर्स र फोर्स नभएका, पहुँच नभएका लेखकहरूले जत्ति नै पठनीय, सान्दर्भिक, राम्रो र समसामयीक विषयमा लेख लेखे तापनि छाप्दैन ! बरु स्टाफहरूकै…, आफन्त, नातागोता, चिनचान, साइनो सम्बन्ध… वाला लेखकहरूकै (केहीबाहेक जस्तो आहूति, लाल आदिबाहेक) लेख छाप्ने हो । त्यसैले कुनै वेला ७/८ लाख राईको समाचार नछाप्ने ? भनी दैनिकका ऊ वेलाका समाचार प्रमुख…थापालाई थर्काए झैं (उहाँ हाल एक अनलाइनमा आवद्ध हुनुहुन्छ ।) हामी कुलुङलगायत अन्य किरातीहरूले कथित चार किरातीहले भनेको अझ प्रस्टसँग भन्नुपर्दा जबरजस्ती लादेको यले सम्वत्–३८०१ नमान्दा के हुन्छ ? हामीले यले सम्वत्–५०८२ नै मान्दा के हुन्छ ? सो बारेमा पनि प्रस्ट्याएर अवश्य पनि अर्को एक लेख लेख्नुहोला भन्ने अनुरोध छ ।

प्रतिक्रिया