वडाध्यक्षमाथि ढुङ्गा प्रहार

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेका छन् । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए ।

ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएको उनको भनाइ छ । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार भएको बताइएको छ ।

अज्ञात समूहको ढुङ्गा प्रहारबाट सामान्य घाइते टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया