ओपोद्वारा यूएनडीपीसंग सहकार्य

काठमाडौ । ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)द्वारा सह आयोजित तथा चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई)द्वारा समर्थित , द युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पको आयोजना शेन्जेनमा १४देखि १७ डिसेम्बरमा गरिएको थियो ।

सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पु¥याउन सघाउनुका साथै यूएन २०३० एजेन्डा फर सस्टेनेवल डेभलपमेन्ट गोल्स (एसडीजी एस) का लक्ष्य प्राप्ति उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको थियो ।
यस बर्ष आयोजित यूथ इन्नोभेशन एक्सिलिरेशन क्याम्प विशेषत पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेल बिईङ) ।

श्रृंखलाबद्धरुपमा एन्जिल– लगानी गरिएका स्र्टाटअपदेखि लिएर ‘ए’ कोष भएका सम्म गरी समग्रमा २० युवा–नेतृत्व सहितका प्राविधिक स्टार्ट–अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो । क्याम्पमा औद्योगिक पार्टनर्स तथा लगानीकर्तालाई पनि ब्यापार विश्लेषण, बजारिकरण, प्रभाव वित्तपोषण र डिजाइन सोच अन्तरगतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको थियो ।

विभिन्न उद्यमीहरुको मागलाई आत्मसात गर्दै शिविरमा स्र्टाट–अप फेयर र वान–अन–वान मेन्टरिङ जस्ता परामर्शदायी सत्र पनि समाविष्ट गरिएका थिए । यसले तिनीहरुको ब्यवसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको पनि उल्लेख छ ।

प्रतिक्रिया