कोरोना बिरुद्ध प्रहरीको सचेतना अभियान सुरु

पाँचथर । पाँचथर प्रहरीले कोरोना बिरुद्धको सचेतना अभियान सञ्चालन गरेको छ । अमिक्रोन कोरोना संक्रमण सगै रोकथामका लागि अभियान सचालन सुरुगरीएको डिएसपी राकेस थापाले जनाए । प्रहरीले ‘तपाइको माक्स खोइ ?’ भन्ने अभियान अन्र्तगत फिदिम बजारका चोकहरुमा माइकिङद्धारा जिङगल बजाएर सचेतना दिएको ।

बजारका व्यवसायिहरु, बाटो हिड्ने नागरीकहरुलाई माक्स समेत बितरण गरीएको डिएसपी थापाले जनाए । प्रहरीले सबै सर्वसाधारण लाइ माक्स लगाउन उर्दी समेत गरेको छ । बजारमा अधिकांस माक्स नलगाइ हिड्नेलाइ चरण बद्धरुपमा अभियान चलाइने र नियमन गर्नेे तयारी रहेको जनाइएको छ । सवारी चालक देखि बालबालिका, बृद्धा लगायतलाइ माक्स बितरण गरी अभियान निरन्तर रहने डिएसपी थापाले जनाए ।

प्रतिक्रिया