बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा आमाछोरा पक्राउ

वीरगञ्ज । एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्र्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियो । रासस

प्रतिक्रिया