संजिवनी भजन किर्तन तथा आध्यात्मिक सत्सङ्गको दशौं बार्षिकोत्सव सम्पन्न

इटहरी । मोरङको रतुवामाई नगरपालिका ८ मा रहेको संजिवनी भजन किर्तन तथा आध्यात्मिक सत्सङ्ग समाजको दशौं बार्षीकोत्सव सम्पन्न भएको छ । मानवसेवामा सर्मपित सो संस्थाका अध्यक्ष लक्ष्मिप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव समारोहमा रतुमाई नगरपालिकाका मेयर रविन राई प्रमुख आतिथि रहेका थिए । सो कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो सामारोहमा स्थानीय २० भन्दाबढी धार्मिक , समाजिक, शैक्षिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको बताइएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष चौलागाँईले समुदायको शान्ति एकता र विकासमा आफ्नो संस्था लागिपरेको बताए । उनले शरीर, स्वास्थ्य र मन शान्त बनाउँदै सदाचारको मार्गमा डोर्याउन एक शशक्त साधना केन्द्रका रुपमा संस्था क्रियाशिल रहेको बताए । रतुमाई नगरपालिकाका मेयर रविन राईले सत्सङ्ग र आध्यात्मिक जागरणले हरेक व्यक्तिलाई सुखानीभुति प्राप्त हुने बताए । साथै उनले स्थानीय युवाहरुको उत्साहलाई शुभकामना दिए ।

कार्यक्रममा सुनबर्षी माविका प्रर्चाय यज्ञकुमार निरौंलाले हिन्दु धर्मका शास्त्रीय महोत्वमाथि प्रकाश पारेका थिए । संस्थाको बार्षिक रुपमा नियमित गतिविधि र कार्यक्रममा बिभिन्न धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक शैक्षिक लगायत कला र संगित जस्ता सबै कर्महरुलाई समावेश गरेको छ ।

कार्यक्रममा संस्था सेवा अन्तरगर्त कोषाध्यक्ष बिष्णुप्रसाद घिमिरे, पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी र रुद्रप्रसाद लुईटेललाई सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक, जेष्ठ नागरिक, वयोवृद्धा भत्ता, सर्मपित भक्त सम्मान र नियमित हाजिरी हुने भक्तहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले पारिवारिक राहात कोष, आकष्मिक कोष, नियमित बचत कोष लगायत समुदाय तथा आपत –प्रकोपमा सहयोग गर्दै आएको छ । संस्थाले समय समयमा योग ध्यान, प्रवचन , स्वास्थ्य शिविर लगायतका कार्यक्रम नियमित रुपमा संचालन गर्दै आएको छ । संस्थाले समुदायमा बढ्दै आएका बिकृति विसंगतीका विरुद्ध बिभिन्न गतिविधिहरु समेत गर्दै आएको बताइएको छ । बार्षिकोत्सव कार्यक्रमको संचालन संस्थाका सचिव डोरराज लुईटेलले गरेका थिए ।

प्रतिक्रिया