कलाकार एनबीलाई पितृशोक

काठमाडौं । कलाकार एनबी गुरूङका पिता सन्तसिंह गुरूङको निधन भएको छ । लामो समयदेखि रक्तचाप र मुटुरोगबाट पीडित गुरुङ पछिल्लो समय निमोनियाले थला परेका थिउ । उनको एक हप्तादेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । थप उपचारका लागि वीर अस्पताल भर्ना भएका गुरूङको उपचारकै क्रममा शुक्रबार बिहान १२ः४५ बजे निधन भएको हो । उनका एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया