ठूलो समस्या पाठेघरको क्यान्सर : कसरी थाहा पाउने ?

डा. ज्योत्सना शर्मा

महिनावरी नभए पनि बीचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमनप्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनक्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।
जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखा परेमा सर्तक रहनुपर्छ । चिकित्सकीय परामर्श लिनुपर्छ ।

यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रूपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौँ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरूमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति एचपिभी भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ वर्ष उमेर वर्गका बच्चाहरूलाई दुई डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरूलाई तीन डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्षभन्दा माथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाएता पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिकाजस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई÷तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरू हुन् ।

कस्तो अवस्थामा यसको परीक्षण गर्ने त कस्ता रहन्छन यो क्यान्सरको लक्षणहरू ? महिनावरी नभए पनि बीचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानि आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौनसम्पर्क राखेमा, सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा, धूमपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरूले कम्तिमा वर्षमा एकपटक स्त्री रोग सम्बन्धीका डाक्टरहरूलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँछ । हामीले हामीकहाँ आउने महिला दिदीबहिनी आमाहरूलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सावधानका उपायहरूको ज्ञान दिन जरुरी छ ।

यसैगरी ब्लड क्यान्सर पनि निकै खतरा हो । यो क्यान्सरमा अरू रोगहरू जस्तै लक्षणहरू देखिँदैनन् । साधारणतया रुघाखोकी लाग्यो, घाँटी एकदमै दुःख्योे, ज्वरो आयो जँचाउन जाँदा धेरैलाई रगतको क्यान्सर भएको थाहा हुन्छ । यसका प्रमुख लक्षणहरू शरीरमा निला टाटाहरू आउने, रगत बगेपछि बन्द नहुने, चोटपटक लागेमा रगत नरोकिने बगेको बगै हुने, नाक, मुख, गिजाबाट रगत बग्ने र त्यस्ता ठाउँमा इन्फेक्सन (असर) हुने हुन्छ । एक महिनाको दुई÷तीनचोटी साइनोसाइटिस हुने, रेन्डिङ, रगत र हिमोग्लोबिन घटेपछि रक्तअल्पताका लक्षणहरू देखिने गर्छन् । जस्तैः भ¥याङ चड्दा स्याँस्याँ बढ्ने, इनर्जी नहुने, शरीर लथरक्क गल्ने, थाक्ने, घाँटी, काखी र काछमा गाँठागुठी आउँने यी किसिमका लक्षण देखिन्छन् ।

जुनसुकै क्यान्सरको लक्षण पनि रगतको क्यान्सरको जस्तो लक्षण हुन्छन् । यी लक्षण हुदैमा रगतको क्यान्सर हुन्छ भन्नेचाहिँ हुँदैन । साधारण रोगमा पनि यो लक्षण हुन्छ । तर, यस्ता लक्षण देखिएमा अस्पताल गएर डाक्टरलाई जँचाउनु भने अवश्य पर्दछ ।

ध्यान दिनुपर्ने कुराहरू केके हुन् ?
आजको दिनसम्म आउँदा रगतको क्यान्सर चार कारण मात्र हुन्छ भन्ने प्रमाणित भएको छ । पहिलो, कुनै बिरामीले किमोथेरापी पाउनुभएको छ भने त्यस्तो मान्छेलाई पछि गएर ब्लड क्यान्सर हुने सम्भावना बढी हुन्छ । दोस्रो, रेडिएसन वा पहिला रेडियोथेरापी पाएको र विकरण हुने ठाउँमा लामो समय बसेको छ भने पनि रगतको क्यान्सर हुने सम्भावना हुन्छ । तेस्रो, बेन्जिन तत्व भन्ने हुन्छ । यो एउटा केमिकल हो । जुन पेट्रोलियम उद्योग, प्लास्टिक उद्योगजस्ता उद्योगमा प्रयोग गरिन्छ । यो केमिकलमा लामो समयसम्म अर्थात पाँच देखि सात वर्षसम्म सम्पर्कमा रहेकालाई हुने सम्भावना हुन्छ । भाइरल इन्फेक्सन जस्तो पेटमा हुने एचफाइनल भन्ने किरा हो । त्यसले ग्यास्टिक बनाउँछ । त्यसपछि अल्सर हुन्छ । त्यसले पेटमा हुने रगतको क्यान्सर गराउँछ । अर्को, इबी भाइरस भन्ने छ । त्यो भाइरसको संक्रमण लामो समयसम्म भयो भने त्यसले गर्दा लिम्फोमा जस्ता रगतका क्यान्सर गराउँदछ । एउटा रगतको क्यान्सर हुन्छ, जसलाई मल्टिपल मायलोमा भनिन्छ । यस क्यान्सरको असर ढाड दुख्ने, क्याल्सियम बढ्ने, ढाडको हड्डीमा प्वालहरू देखिने हुन्छ ।

ब्लड क्यान्सर हुन नदिन के गर्नुपर्ला ?
यो गर्दा मलाई रगतको क्यान्सर हुँदैन भन्ने हुँदैन । यो जोसुकै स्वस्थ व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले रगतमा केही समस्या हुनासाथ रगतको जाँच गराउनुपर्दछ । अझ समयसमयमा रगतको जाँच गराउनु राम्रो हुन्छ । गर्भवति महिलाबाट बच्चालाई ब्लड क्यान्सर हुने सम्भावना ज्यादै न्यून हुन्छ । वर्षमा उपचार हुने एक हजारदेखि १५ सय जना ब्लड क्यान्सरको बिरामीमा एकजनामा मात्र यस्ता बिरामी हुन्छन् । गर्भवती महिलालाई रगतको क्यान्सर हुँदैमा बच्चालाई हुन्छ भन्ने हँुदैन । संसारमा एक÷दुई वटा केस मात्र यस्तो देखिएको छ । तर त्यो कुराको पुष्टि भएको छैन । जहाँसम्म स्तनपानको कुरा छ, सकभर सुत्केरी महिलाले औषधि चलेको बेलामा स्तनपान गराउनु हुँदैन ।

बिरामीलाई किमो कति समयसम्म दिनुपर्दछ ? रोगको प्रकृतिअनुसार हुन्छ । कुनै रोगलाई ६ साइकल चढाउनुपर्ने हुन्छ । कसैलाई चार साइकल चलाएर पनि हुन्छ । रोगअनुसार कति चलाउने भन्ने कुरा निर्धारण हुन्छ । ब्लड क्यान्सर सबैलाई पूर्ण रूपमा निको हुन्छ तर, कसैलाई हुँदैन । सय जनालाई लागेको छ भने ८० जनालाई निको हुन्छ । कुनै रोग सय जनामा ३० देखि ४० जनालाई मात्र निको हुन्छ । कुनै रोग किमोथेरापी दिएर निको नै हुँदैन बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अहिले ब्लड क्यान्सर हुनासाथ मरिहाल्ने बाँच्दै नबाँच्ने भन्ने होइन । सभिल अस्पतालमा मात्र वर्षमा ब्लड क्यान्सरका बिरामी हजारदेखि १५ सयसम्म आउने गरेका छन् ।

ब्लड क्यान्सरको उपचार त्यति महँगो छैन । नेपालमै उपचार गर्ने सकिने रोगलाई हामीले बाहिर पठाउनु पनि हुँदैन । उपचारमा रोगको अवस्था हेरेर हुन्छ । कुनै एक लाखमा पनि निको हुन्छ । कुनै ६/७ लाखसम्म पनि लाग्छ । लामो समयसम्म कडा एन्टिबायोटिक चलाउनुप¥यो र रोग पुनः फर्किएर आयो भने २०/२५ लाखसम्म लाग्न सक्छ । सामान्य परिवारका लागि यो ठूलो रकम हो । त्यसैले यस्तो ठूलो खर्च लाग्ने रोगमा सरकारले हेर्न आवश्यक छ ।
(डा.शर्मा एभरेस्ट अस्पतालमा स्त्री रोग तथा निःसन्तान विशेषज्ञको रूपमा विगत पाँच वर्षदेखि कार्यरत छिन्)

प्रतिक्रिया