उपचारका नाममा नेताहरूले कसरी सिध्याउँदै छन् ढुकुटी ?

राजेन्द्र आचार्य

विदेशी मुद्रा नेपालमा आउने मुख्य स्रोत, अझ एक मात्रै स्रोत भनेको वैदेशिक रोजगारी हो । नेपाली युवाहरूले विदेशमा गएर रगत र पसिनासँग साटेको मुद्रा धनीमानी तथा ठूलाबडाहरूले विदेशमा उपचार गर्न जाने नाममा खर्च गरिरहेका छन् । तर, बाकसमा प्याक भएर आउने युवाका परिवारजनहरू बिरामी भएका बेला सिटामोलसमेत किन्न नसक्ने आर्थिक हैसियतमा गुज्रिरहेका छन् ।

लोकतन्त्रका नाममा जबसम्म लुटतन्त्र जारी रहन्छ, तबसम्म नेपालको प्रगति संभव छैन । मुलुकको कुनै क्षेत्र बाँकी छैन, जो लुटतन्त्रले आहत नबनेको होस् । त्यसमध्ये यस आलेखमा औषधि उपचारका नाममा नेताहरूले मच्चाइरहेको लुटतन्त्रका सन्दर्भमा केही चर्चा गरिएको छ । जनताबाट उठाइएको कर र विदेशमा मृत्यु भएका नेपाली जनताको लाससँगै साटिएको रेमिट्यान्स नेताहरूको मोजमस्तीका लागि दुरुपयोग नहोस्, भन्ने हेतुले यो चर्चा गरिएको हो कसैको मानहानिका लागि होइन ।

केही सीमित रोगबाहेक सबै उपचार नेपालमै उपलव्ध भएको चिकित्सकहरूको भनाइ छ । वरिष्ठ चिकित्सक डा.लोचन कार्कीका अनुसार ९० प्रतिशत रोगहरूको उपचार नेपालमै संभव छ । तर, धनीमानी तथा ठूलाबडाहरू सामान्य रोगको उपचारका लागिसमेत विदेश जाने गरेका छन् । यस वापत वार्षिक करिब ५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा पलायन हुने गरेको तथ्यांक छ । विदेशी मुद्रा नेपालमा आउने मुख्य स्रोत, अझ एक मात्रै स्रोत भनेको वैदशिक रोजगारी हो । नेपाली युवाहरूले विदेशमा गएर रगत र पसिनासँग साटेको मुद्रा धनीमानी तथा ठूला बडाहरूले विदेशमा उपचार गर्न जाने नाममा खर्च गरिरहेका छन् । तर बाकसमा प्याक भएर आउने युवाका परिवारजनहरू बिरामी भएका बेला सिटामोलसमेत किन्न नसक्ने आर्थिक हैसियतमा गुज्रिरहेका छन् ।

नेपाली जनताले आशा र भरोसा गरेका, अझ भनौ युवा वर्गका ढुकढुकी गगन थापाले आपूm स्वास्थ्यमन्त्री भएका बेला औषधि उपचारका लागि विदेश जान नेताहरूलाई राज्यको ढुकुटी नदिनेलगायत केही निर्णय गरे । जुन अत्यन्त स्वागतयोग्य थियो । जनताले परिवर्तनको अपेक्षा गरेका पनि हुन्, तर सुजाता कोइरालालगायत केही नेताहरूको हकमा गगन थापा अडिग रहन सकेनन् । केपी ओली सरकारका पालामा त यो निर्णयको हुर्मत लिइयो । झलनाथ खनालले विदेशमा गएर उपचार गरेको खर्च सरकारले बेहोर्ने निर्णय शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री बनेको एक साता बित्दा नबित्दै गरियो । गगन थापासमेत चुँ बोलेनन् ।

नेता–मन्त्री र ‘ठूलाबडा’हरू उपचारका लागि भन्दै विदेश धाउने गर्छन् । उनीहरूकै कारणले गर्दा नेपालको चिकित्सा प्रणालीप्रति सर्वसाधारणमा अविश्वास बढेको छ । विशिष्टव्यक्ति सामान्य स्वास्थ्य परीक्षणका लागिसमेत लाखौँ खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब पाँच वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार ग¥यो । तर, त्यो सधँै खाली हुने गरेको छ । न्याम्स अन्तर्गतको बोर्ड सदस्य चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेर आएको रिपोर्टले स्वेदशमा उपचार असम्भव भएपछि मात्र विदेशमा जान सिफारिस गर्ने प्रावधान छ । तर कसैले पनि बोर्डको सिफारिस लिँदैनन ।

आज राउटेले केही पाउँदैन । चेपाङले केही पाउँदैन । डोटीका मान्छे झाडापखालाले मर्दा उनीहरूले केही नपाउने, नेताहरूलाई चाहिँ एयर एम्बुलेन्स दिएर पठाउने ? अहिलेका नेताहरूले मुलुकलाई के देन दिएका छन् ? केही पनि दिएका छैनन् । बिपी कोइरालाले जस्तै राज्यलाई देन दिएको कुनै नेता छ भने राष्ट्रको ढुकुटीबाट उपचार गर्दा हुन्छ । होइन भने खबरदार ।

सीमित रोगबाहेक अन्य सबैजसो रोगको उपचार नेपालमै संभव छ । तुलनात्मक रूपमा यहाँको उपचार प्रणाली सजिलो र कम खर्चिलो पनि छ । यति हुँदाहुँदै पनि नेता–मन्त्री र ‘ठूलाबडा’हरू उपचारका लागि भन्दै विदेश धाउने गर्छन् । उनीहरूकै कारणले गर्दा नेपालको चिकित्सा प्रणालीप्रति सर्वसाधारणमा अविश्वास बढेको हो । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौँ खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार ग¥यो । विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधारण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो । अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त ग¥यो । तर मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि वीर अस्पताल पुगेका छैनन् ।

विगतमा राजपरिवारका सदस्यहरूले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू यतिबेला बन्द छन्, प्रयोगविहीन छन्, तिनमा माकुराको जालो र धुलो थुप्रिएको छ । यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो । तर कुनै पनि विशिष्ट व्यक्ति त्यहाँ उपचार गराउन गएनन् । लाखौं खर्च गरेर डिलक्स क्याबिन बनाइएपछि पनि विशिष्ट व्यक्ति स्वदेश स्वास्थ्य परीक्षण र उपचार गराउँदैन । यो कक्ष बनाइसकेपछि पनि यही क्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका नाममा थाइल्यान्ड गए । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा पनि सिंगापुर गए । पूर्व राष्ट्रपति डा. रामवरण यादव दिल्ली गए । विदेशमा उपचार गर्न जानै पर्ने भए न्याम्सअन्तर्गतको बोर्ड सदस्य चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेर आएको रिपोर्टले स्वेदशमा उपचार असम्भव भएपछि मात्र विदेशमा जान सिफारिस गर्ने प्रावधान छ । तर कसैले पनि बोर्डको सिफारिस लिँदैनन् ।

नेताहरू उपचार गराउन विदेशी अस्पतालमा जान्छन् र आएर खर्चको बिल पेस गरेर पैसा लिन्छन् । सामान्यतया मन्त्रिपरिषद्बाट निर्णय गराएर पैसा लिने चलन छ । नेताहरूले स्वदेशमै उपचार गराउने हो भने नेपाली चिकित्सकप्रतिको आमविश्वास र स्वास्थ्य सुविधाहरू अझै विश्वसनीय हुने निश्चित छ । स्वदेशको रकम स्वदेशमै रहने त भइहाल्यो । जनताबाट उठाइएको कर र विदेशमा मृत्यु भएका नेपाली जनताको लाससँगै साटिएको रेमिट्यान्स खर्च गरेर नेताहरू उपचार गर्न विदेश जानु भनेका सानो विकृति होइन । नेताले विदेशमै उपचार गराउने भए राष्ट्रको ढुकुटीबाट नभई आफ्नै निजी खर्चले गर्नुपर्ने सुझाव पनि केही विज्ञहरूको छ । तर यो पनि अर्को समस्या हो । किनकी राज्यको ढुकुटी नपाए नेताहरूले कालाव्यापारीसँग चन्दा लिन्छन् । यसरी चन्दा लिनुको परिणाम के हुन्छ भन्ने कुरा ओम्नी प्रकरण, बतास प्रकरण, यति होल्डिङ प्रकरण, उमेश श्रेष्ठ प्रकरण, विनोद चौधरी प्रकरण दुर्गा प्रसाईं प्रकरण, सुनिल शर्मा प्रकरणलगायत प्रकरणै प्रकरणहरूले पुष्टि गरिसकेका छन् ।

आमनागरिक आफ्नो खर्चमा जहाँ उपचार गर्न जान्छन् नेताहरू त्यहाँ जानुपर्छ । देशलाई विशेष योगदान दिएका, अग्रगामी परिवर्तनको आन्दोलनमा भएका घाइते, अपांगहरूलाई भने राज्यले नै उपचार गर्नुपर्छ । तर, जुन नेताहरू निर्णय गर्ने ठाउँमा पुगेका छन्, तिनीहरूले स्वदेशमै हस्पिटल बनाउन सक्छन्, यहाँ उपचारको राम्रो व्यवस्था गर्न सक्छन्, यस्ता नेताहरूले औषधोपचार गर्न बाहिर जान हुँदैन । आफ्नै पैसाले पनि जानमिल्दैन, सरकारी ढुकुटी त परैको कुरा भयो ।

दोस्रो कुरा, राष्ट्रले कसैलाई पठाउनु छ भने, एबिसी कुनै नेताले विदेशमा उपचार गर्न जानुप¥यो भने उनीहरूले निवेदन दिनुपर्छ । तर, निवेदन के दिन्थे, आफूखुसी गर्छन् नेताहरू । अहिले बिपी कोइराला भएको भए जसरी पनि राज्यले उपचारका लागि जहाँ संभव छ त्यहाँ पठाउनै पथ्र्यो । पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्रले बिपी कोइरालालाई त्यसरी अमेरिका पठाएका पनि थिए, तर, आजको दिनमा हाम्रो मुलुकमा कुनै नेता छैनन्, जसलाई बचाउनका लागि राज्यले आफ्नो ढुकुटी खर्च गर्नुपरोस् । यो मुलुकका आउरे–बाउरे जोसुकै नेतालाई हाम्रो राष्ट्रको ढुकुटीबाट पैसा दिएर, करोडौंको सम्पत्ति खर्च गरेर विदेश पु¥याउनु कुनै पनि हालतमा सही होइन । उनीहरूको काम त यहाँको स्वास्थ्य सेवा प्रत्येक नागरिकलाई दिन सक्ने बनाउनु हो ।

आज राउटेले केही पाउँदैन । चेपाङले केही पाउँदैन । डोटीका मान्छे झाडा पखालाले मर्दा उनीहरूले केही नपाउने, यिनीहरूलाई चाँहि एयर एम्बुलेन्स दिएर पठाउने ? यिनीहरूलाई उपचार न्युयोर्क जानुपर्ने ? यिनीहरूले मुलुकलाई के देन दिएका छन् ? केही पनि दिएका छैनन् । अहिलेका जीवित नेतामध्ये फलानो नेताले देशलाई यो देन दिएको छ भन्न सकिने अवस्था छैन । बिपी कोइरालाको क्यान्सरका कारण जिपी कोइरालाले चितवनको भरतपुरमा क्यान्सर अस्पताल खोलेको होइन र ? त्यहाँ कोही नेता किन नजाने ? त्यसलाई के पत्रु बनाइदिने ? सबै नेताचाँहि उपचार गर्न विदेश जाने हो भने अनि आमनागरिकको हस्पिटल कसरी सप्रिन्छ ।

प्रतिक्रिया