उर्मिला बनिन् मिसेस ग्रान्ड इन्टरनेसनल

काठमाडौं । म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई चयन गरिएको छ । रिवन इन्टरटेनमेन्टले राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजना गरेको कार्यक्रममा उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ ताज पहि¥याएको हो । उनलाई नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहि¥याएका थिए ।

इभेन्ट सञ्चालक अश्विनीकान्त झाले सञ्चालन गरेको कार्यक्रममा कटुवाल, मिसेस नेपाल वल्र्ड दीक्षा केसी, मिसेस नेपाल इन्टरनेसनल २०१८ तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१९ भाविशा कोइराला, गायक सिताराम पोखरेल, शिक्षाविद् पूर्ण लामा, सुदन डोटेल लगायतले उर्मिलालाई सफलताको शुभकामना दिएका थिए । त्यसैगरी उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेसनलमार्पmत नेपाललाई विश्वसामु चिनाउन प्रयास गर्ने बताइन् ।
भैरहवाकी उर्मिला केहीअघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् ।

प्रतिक्रिया