उत्तरी धादिङमा हिमपात : जनजिवन प्रभावित

धादिङ । उत्तरी धादिङको अधिकांश स्थानमा हिमपात भएको छ । गएरातीदेखी वर्षासंगै हिमपात सुरुभएपछी उत्तरी धादिङका अधिकांश स्थानीयहरुको जनजिवन प्रभावित भएको छ । मंगलबार रातीदेखि वर्षा सुरुभएसंगै अधिकांश वस्तीमै हिमपात सुरु भएको स्थानीयहरुले बताएका छन् । उत्तरी धादिङको रुविभ्याली, खनियावास, गंगाजमुना लगायतकाउच्च पहाडी क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात परेको स्थानियहरुले बताएका छन् । मानवबस्तीहरुमा हिउँ परेपछि स्थानीयको जनजिवन प्रभावित बनेको छ। हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको उनिहरुको भनाई छ ।

हिँउ परेपछी अहिले स्थानीयहरुलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ । त्यस्तै करेसा बारीमा लगाएका सागपातसमेत नष्ट भएका छन् । केहि वर्ष यता बस्तीमा हिउँ नपरेको भएपनि यस पटक सुरुवातमै बस्तीमा हिउँ आइपुगेको स्थनीयहरुले बताएका छन् । असिना र पानी फेरी दोहोरिय र हिमपात बढ्यो भने चिसोका कारण कठ्यांग्रिएर थप समस्या आउने उनिहरु बताँउछन् । उत्तरी क्षेत्रमा परेको हिमपात र वर्षातले सदरमुकाम सहित धादिङको अधिकांश भुभागमा पनि चिसो बढेको छ ।

प्रतिक्रिया