पत्रकारहरुको वनभोज तथा भेला सम्पन्न

उबतचबपबचऔदबलदजयव

काठमाडौं । विभिन्न मिडियामा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको एकदिने वनभोज तथा भेला कार्यक्रमा सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम यही पुस १० गते शनिबारको दिन चन्द्रागिरी र नागार्जुन नगरपालिकाको बिचमा पर्ने पर्यटकीय स्थान स्विजरल्याण्ड पार्कमा सम्पन्न भएको हो ।

नागार्जुन नगरपालिका काठमाडौं जिल्लामा पर्दछ । काठमाडौं महानगरपालिका वडा नम्बर १४, १३, १५ र १६ पश्चिममा धादीङ जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेको छन् । भौगोलिक दृष्टिबाट यो नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा हेरिन्छ ।

वनभोज कार्यक्रममा विभिन्न अनलाइन, रेडियो तथा एफएम, टेलिभिजनलगायत पत्र पत्रिकामा आबद्ध पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई काठमाडौंका तीन वटा नगरपालिकाले विशेष सहयोग गरेका छन् । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र गोकर्णेस्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सो कार्यक्रमलाई सहयोग गरेकाे कार्यक्रम व्यवस्थापन संयोजक चन्द्रमणि गौतमले बताए ।

साथै, कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले पत्रकार राज्यको चौथो अंग भएको र आफ्नो नगरपालिकामा वनभोज कार्यक्रमको आयोजना गरेर थप पर्यटकीय गन्तव्य बढाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । साथै, उनले धेरै वर्ष अघिबाट उक्त नगरपालिकामा देश तथा विदेशबाट पनि पर्यटकको आगमन भइरहेको जिकिर गरे ।

मेयर बस्नेतले आगामी दिनमा पनि पत्रकारहरुले यसैगरी कार्यक्रमको आयोजना गर्न आव्हान गरे । ‘पत्रकारहरु राज्यको चौथो अंग हो, तपाईंहरुको यस कार्यक्रमको आयोजनाले हाम्रो नगरपालिकामा अझै पर्यटकको गन्तव्य बढेको छ’, उनले भने, ‘अबका दिनमा पनि तपाईंहरुलाई यहाँ स्वागत गर्न चाहन्छु र सक्दो सहयोग गर्नेछु ।’

त्यस्तै उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सिमाना आफ्नो नगरपालिका रहेको बताए । उनले काठमाडौं उपत्यकाबाट धेरै पत्रकारको उपस्थितिमा भएको कार्यक्रमले थप उर्जा मिलेको बताए ।

मेयर गिरीले त्यही स्थानमा नागढुंगा सुरुङमार्ग निमार्ण भइरहेको बताउँदै त्यसलाई थप तीर्व गतिमा अघि बढाएर काठमाडौं उपत्यकालाई नै पर्यटनको रुपमा विश्वसामु परिचित गराउने दाबी गरे ।

‘चन्द्रागरी नगरपालिका पर्यटकको मुख्य गन्तव्य हो,’ उनले भने, ‘पत्रकारहरुको यस कार्यक्रमले पनि यस क्षेत्रलाई अझै पर्यटनको विकसमा लैजान विशेष सहयोग पुगेको छ, अझै तपाइँहरुको कलमले विभिन्न मिडियामा समचार सम्प्रेषण गरेर विश्वसामु लैजानुहुने छ भन्ने मैले अपेच्छा गरेको छु, तपाइँहरुकै साथले यस क्षेत्रलाई थप पर्यटकको रुपमा विश्वसामु चिनाउने छु ।’

मेयर गिरीले आगामी दिनमा पनि पत्रकारहरुले आफ्नो नगरपालिकामा यस्ता कार्यक्रमको आयोजना गरे आफ्नो र नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नागार्जुन नगरपालिका– ७ का वडाध्यक्षले पनि सहभागीता जनाएर आफ्नै वडामा भएको कार्यक्रममा सहयोग गर्ने उल्लेख गरे ।

आउँदै गरेको अंग्रेजी नयाँ वर्ष सन् २०२२ तथा क्रिसमस ‘डे’ को अवसरमा काठमाडौं उपत्यकाभित्र रहेर विभिन्न मिडियाका पत्रकार एवं सञ्चारकर्मीहरुलाई एकै ठाउँमा भेला गराएर एक ऐतिहासिक कार्यक्रम सफल पारेको कार्यक्रमका व्यवस्थापन संयोजक चन्द्रमणि गौतमले जानकारी दिए । उनले केही वर्ष अघिबाट यस्ता कार्यक्रम गर्दै आएको भए पनि अघिल्लो वर्ष कोरोनाको कारण रोकिएको बताउँदै उनले आगामी दिनमा निरन्तरता अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

जाडो महिनाको पारिलो घामको न्यानोपनसँगै प्रकृतिको रमाइलोमा भुल्ने गरि उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक श्यामसुन्दर पुडासैनीले बताए । ‘जाडो महिनाको पारिलो घामको न्यानोपनसँगै प्रकृतिको रमाइलोमा पत्रकारहरुको भेला गरिएको हो’, संयोजक पुडासैनीले भने ।

विभिन्न परिकारका खानामा पत्रकारहरु रमाउँदै गीत संगीतमा समेत नाचगान गरेका थिए । विभिन्न गीतमा रमाइलो गर्दै साथीभाइसँग नाचिएको वनभोजका परिकल्पनाकार नवराज कुँवरले बताए । कार्यक्रमको संयोजन समूहमा जनक कार्की लगायत अन्य पत्रकारहरुले पनि गरेका थिए ।

प्रतिक्रिया