पाँचथरका उदय केरूङको सफल सगरमाथा आरोहण

पाँचथर । जिल्लाको फालेलुङ गाउँ पालिकाका उदय केरुङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन् । फालेलुङ गाउँपालिका– ३ का ३३ वर्षीय केरुङ आइतबार बिहान ६ बजेर ८ सेकेण्डको समयमा सगरमाथा आरोहण गरेका हुन् ।

एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनी मार्फत सगरमाथा आरोहण गरेका उनी बिहिबार मध्यरातमा आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै शिखरको चुचुरोतर्फ प्रस्थान गरेका थिए ।

कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाका अनुसार आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

केरुङले यस अघि मनास्लु र मेरा पिक हिमालको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरका दोस्रा आरोही हुन् । यसअघि कुम्मायक– २ मङजावुङका सुशील शेर्माले सगरमाथा आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया