कांग्रेस महामन्त्रीमा १०० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता

काठमाडौं । १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सानेपास्थित पार्टी कार्यालयमा जारी छ ।

बिहीबार बिहान साढे १० बजेदेखि सुरु भएको मत गणनाको प्रारम्भिक परिणाममा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।

१०० मत गन्दा थापाले ७० मत पाएका छन् भने शर्माले ३४, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७ र मिनेन्द्र रिजालले २१ मत पाएका छन् । महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा. राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया