४३०० मत गणना सकियो, पूर्णबहादुरको जित निश्चित, धनराज र गच्छदारबीच कडा टक्कर

काठमाडौं । कांग्रेसको उपसभापति चयनका लागि भएको मतदानमा अहिलेसम्म ४३ सय मत गणना सम्पन्न भएको छ । अहिले सभापति शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्काले १९०१ मत प्राप्त गरेका छन् । उनी विजयी हुने निश्चित देखिएको छ भने दोस्रोमा शेखर कोइराला समूहका धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

उनको मत अहिलेसम्म १७४१ रहेको छ भने तेस्रो नम्बरमा देउवा समूहकै विजयकुमार गच्छदार रहेका छन् । उनको मत १७२५ रहेको निर्वाचन समिति स्रोतले जानकारी दियो । त्यसैगरी अर्का नेता चन्द्र भण्डारीको १४६५ मत प्राप्त भएको छ ।

प्रतिक्रिया