प्रचण्डले सेयर बजारबारे नयाँ थेसिस ठोकिदिए, दुई दिनमै धरासयी बन्याे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइप्रति कडा आलोचना गरेका छन् । एमालेका नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे ।

‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी ।’

प्रतिक्रिया