अपांगता नागरीकहरुलाई सम्मान

पाँचथर । जिल्लाका अपांगता भएका विभिन्न नागरीकहरुलाई सम्मान गरिएको छ । प्रायः घरमा अपांगता परिवार सदस्यका बालबालिकाको सेवा र रेखदेख गर्ने २० जना अभिभावकहरुलाई सम्मान गररिएको हो ।

सम्मान कार्यक्रममा शारिरिकरुपमा अशक्त हुँदा आत्मर्निभर भइ विभिन्न बाँसका सामग्री वनाउनेहरुलाई नगद र प्रमारणपत्रले सम्मान गरिएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई जिल्ला संयोजन समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले सम्मान गरे ।

अपांगता दिवसको अवसरमा र लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभमा उनिहरु सम्मानित भएका हुन् ।३०औँ अन्र्तराष्ट्रिय अपांगता विदस तथा लैगिंक हिंसा दिवसलाई सामाजिक विकास मन्त्रालय प्रदेश १, करुणा फाउण्डेसन नेपाल, अपांग संघ, फिदिम नगरपालिका, जिससको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न अपांगताले बनाएका बाँसका सामग्रीहरु समेत प्रदर्शनी गरिएको थियो । उक्त सामग्री कार्यक्रममा सहभागी भएकाहरुले खरीदसमेत गरेर प्रेरणा दिएका थिए । कार्यक्रममा फिदिम नगरकी उपप्रमुख अर्मिला प्रधानले अपांगताबाट सपांगले धेरै सिक्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव एवं युवा नेता दिपक नेपालले अपांगताले बनाएको सुन्दर बाँसको तुङवा र ढेकीसमेत सजावट गर्न खरीद गरेका थिए । एमाले सचिवालय सदस्य पृथ्वी लावतीले अपांगताहरुको समस्यालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया