रंग‍-विविध

‘झुम्कावाली’ पूजा

सौर्य अनलाइन २०७८ मंसिर २० गते ९:०६ मा प्रकाशित

काठमाडौं । गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीकोे शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ । डान्सिङ नम्बरकोे यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् । यो गीतको भिडिओमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडिओेलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडिओमा सुबोल थापाको कोरियोेग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडिओमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय