धादिङकाे कोईरालेस्थित सडकमै पल्टियो तेल ट्यांकर, चालकको मृत्यु

काठमाडाैं । धादिङमा तेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो थाक्रे गाउँपालिका २ कोईरालेस्थित सडकमा ना ३ ख ९१११ नम्बरको तेल ट्यांकर सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ का ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्यांकरका सहचालक मकवानपुर बागमती गाउँपालिका ८ फापरबारीका १७ वर्षीय जय ब्लोन घाइते भएका छन् । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया