७औँ राष्ट्रिय लोक दोहोरी अवार्डको आवेदन फर्म खुल्यो

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुने ७औँ राष्ट्रिय लोक दोहोरी अवार्डको आवेदन फर्म खुल्ला भएको छ ।

हामारीको रुपमा रहेको कोरोनाका भाइरसका कारण लकडाउन भएपछि अवार्ड कार्यक्रम स्थगीत भएको र अवार्ड कार्यक्रमलाई पुनः निरन्तरता दिन खोजिएको समन्वय समितिका अध्यक्ष सुजन लम्सालले बताए ।

अवार्डको आवेदन फर्म राजधानीका विभिन्न रेकर्डिङ स्टुडियोहरुमा पाईने छ उनले जानकारी दिए । उनका अनुसार सो अवार्डको लागि विभिन्न २५ वटा विधाहरुमा फर्म भर्न पाईने छ भने फर्म यही पुस २० गतेसम्मका लागि खुल्ला गरिएको हो । अवार्ड फागुन ६ गते सम्पन्न हुने बताइएकाे छ ।

उक्त अवार्डमा २०७६ बैशाख १ गतेदेखि २०७७ चैत्त मसान्त (दुई वर्षसम्मका गीतहरु समावेश गरिने पनि अध्यक्ष लम्सालले बताए । फर्म काठमाडौका विभिन्न रेकर्डिङ स्टुडियो र उपत्यका समन्वय समितिको कार्यालय लाजिम्पाटमा पाईन्छ भने पोखराका लागि स्टार डिजिटल पोखरामा उपलब्ध भएको उनले बताए ।

प्रतिक्रिया