६ महिनाभित्र हिन्दू राज्य र राजतन्त्र ब्यूँताउँछु : अध्यक्ष लिङ्देन

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने बताएका छन् ।

आइतबार (आज) अध्यक्षमा निर्वाचित भएपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरुलाई एकताबद्ध गरेर लैजाने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ, जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ ।’

उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने पनि बताए ।

प्रतिक्रिया