यी हुन् राप्रपामा निर्वाचित पदाधिकारीहरु (मतपरिणामसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीहरुको टुंगो लागेको छ। आइतबार मतगणना सकिएसँगै अध्यक्षसहितका पदाधिकारीहरु टुंगिएका हुन् । अध्यमामा हारेका कमल थापा पक्षले पदाधिकारीमा राम्रो अवस्था हासिल गरेको छ। भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए । यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् । महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

राप्रपाको नयाँ पदाधिकारीहरु:

अध्यक्ष

राजेन्द्र लिङ्देन

उपाध्यक्ष खुल्ला

विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान

उपाध्यक्ष (महिला)

रोशन कार्की

महामन्त्री (खुल्ला)

डा. धवलशमशेर राणा
भुवन पाठक

महामन्त्री (महिला)

कुन्ती शाही

प्रतिक्रिया