रोटरी क्लबद्धारा विद्यालय भवन सहयोग

काठमाडौं । ओखलढुंगाको दुर्गम र विकट ठाउँ मोलुङ गाउँपालिका–७ पात्ले, तालकोटस्थित भूमेस्थान आधारभूत विद्यालयको भवन निर्माणार्थ रोटरी क्लब अफ मध्यपुर थिमी डिस्ट्रिकले आर्थिक सहयोग तथा भवन निर्माणको शिलान्यास गरेको छ । रोटरी क्लव अफ स्टर्ट अस्ट्रेलिया र रोटरी क्लब भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमको २० लाखको आर्थिक सहयोगमा दुईकोठे भवन निर्माणको शिलान्यास रोटरी क्लब अफ मध्यपुर थिमीका अध्यक्ष विनोद बज्राचार्य, सोही वडाका वडाध्यक्ष हेमबहादुर सुनुवार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वांडा शेर्पाले संयुक्त रूपमा गरेका हुन् ।

सोही अवसरमा क्लबले उक्त विद्यालयमा अध्ययनरत करिब ५० जना विद्यार्थीहरूलाई ब्याग, कपी, कलम, चाउचाउ, बिस्कुट, चकलेट वितरण गरेको कार्यक्रम संयोजक रोटरियन रामकाजी श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूलाई ब्याग रोटरी क्लब अफ ठमेलले सहयोग गरेको थियो । २०७२ सालको भूकम्पपछि भत्किएको सो भवन निर्माण गर्न मध्यपुर क्लबले यसअघि पनि करिब ६० लाखको लागतमा दुईकोठे भवन, शौचालय, शिक्षक तालिमलगायतको सहयोग गरिसकेको छ ।

प्रतिक्रिया