‘केपी ओलीलाई संसद् चलेको देख्न नसक्ने समस्या भयो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी ओलीमा संसद् चलेको देख्न नसक्ने समस्या भएको बताएका छन् । गृहनगर इलाममा बृहत् कार्यकर्ता भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् । ‘दुई दुई पटक संसद् विघटन गरे । अहिले संसद् चल्न दिएका छैनन्,’ उनले भने, ‘मैले सुन्दै छु मङ्सिर २८ गते बोलाइएको संसद् बैठक पनि चल्न नदिने भन्ने । उनलाई संसद् चलेको देख्न नसक्ने समस्या भयो ।’

जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने ओलीले संसद् नै चल्न नदिएको उनको भनाइ छ । दुईतिहाइ बहुमत हुँदाहुँदै पनि केपी ओलीले त्यसको कदर गर्न नसकेको उनको भनाइ छ । ओली तत्कालीन नेकपा हुँदा एकलौटी रुपमा अघि बढेकै कारणले सबै समस्या निम्तिएको खनालले दाबी गरे । ‘दलाल पुँजीपतिहरुको हित गर्नेभन्दा फरक कुनै नीति तथा कार्यक्रम ल्याउन सकेनन्,’ उनले भने, ‘जे जति गरे सबै आफ्ना निम्ति गर्न खोजे। बजेटमा पनि त्यसैअनुसार गए ।’

प्रतिक्रिया