कांग्रेसको कर्णाली प्रदेश सभापतिका लागि तीनजनाका उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिका लागि तीनजनाका उम्मेदवारी परेका छन् । सभापतिका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी परेको हो । मोतिराज बम, ललितजंग शाही र भुपेन्द्रजंग शाहीको उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै उपसभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । महामन्त्री दुई पदमा बागीसहित पाँच जनाको उम्मेद्वारी परेको छ । निरन्जन केसी, कृष्णबहादुर विसी, खगेन्द्रबहादुर मल्ल र गोविन्द कोइरालाले उम्मेद्वारी दर्ता गरेका छन् । कोइराला संस्थापन पक्षका हुन् ।

सह–महामन्त्री दुई पदमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्याय (जयस) को उम्मेदावरी परेको छ । सहमहामन्त्री महिला पदमा रामछायाकुमारी शाही र देविकाकुमारी सिंहले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया