खोजखबर

सुन र नगदसहित दुई युवक पक्राउ

सौर्य अनलाइन २०७८ मंसिर १५ गते ११:१९ मा प्रकाशित

सिरहा । प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो.समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय