एल्बम ल्याउँदै साकार

काठमाडौं । ‘लिटिल बुद्ध’ का रुपमा परिचित ¥यापर साकार दुई वर्षपछि ‘ड्रागन वल्र्ड’ नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’ मा रहेर तीन गीत सार्वजनिक गरेका छन् । उनले वल्र्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा ¥यापर, गायक गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रका चर्चित अनुहारको सहभागिता हुने जनाइएको छ ।

उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटिएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका बताए । साकारले भने, ‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ ।’ साकारको टुरको व्यवस्थापन पिभिई नेटवर्कले गर्नेछ ।

प्रतिक्रिया