एमालेकाे १७ बुँदे प्रस्ताव पारित

काठमाडौं । एमालेको १०औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापीत हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १०औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो । महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीनवटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो ।

महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ । महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

प्रतिक्रिया