एमाले सचिवमा कसले कति मत पाए ?

काठमाडाैं । एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

गोकर्ण विष्टले सर्वाधिक १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छविलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७००, रघुवीर महासेठले १५१३ मत ल्याएर विजयी भए ।

ओ‌लीको सूचीमा नपरेका निर्वतमान सचिव भीम आचार्य र चीनका लागि पूर्व राजदूत समेत रहेका नेता टंक कार्की पराजित भए । आचार्यले १३०० र कार्कीले ५ सय मत प्राप्त गरे ।

प्रतिक्रिया