एमाले उपाध्यक्षमा कसले कति मत पाए ?

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत भएको मतदानको गणना जारी छ । चितवनको सौराहामा भएको महाधिवेशनमा ६ उपाध्यक्ष पदका लागि ७ उम्मेद्वार चुनावी मैदानमा छन् ।

उपाध्यक्ष पदमा हालसम्म अष्टलक्ष्मी शाक्यको सबैभन्दा धेरै मत छ । उनले १९७६ मत ल्याएकी छन् । बागी उम्मेदवारी दर्ता गराएका घनश्याम भुसालले ७२५ मत प्राप्त गरेका छन्। भुसालले केपी ओलीको लिस्टमा नपरेपछि उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८, विष्णु पाैडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया