केका आधारमा ठोरी र माणी अयोध्या ?

मुकुन्द न्यौपाने

मानव गतिविधिका विभिन्न लक्ष्यहरू हुन्छन् । स्वभावतः प्रत्येक व्यक्तिले सुदूर भविष्यमा आफ्नो गतिविधिको नतिजा कस्तो होला भन्ने अनुमान लगाउन शक्तैनन् । परन्तु तत्कालीन गरिने कामहरू जो अगाडि हुन्छन् त्यो काम मानिसको लागि वोधगम्य हुन्छ । ज्ञान उपार्जनको क्रियामा अनुसन्धानकर्ताले त्यस्ता नियमहरूको पालना गर्दछ । तीनै नियमले उसलाई वास्तविकता बुझ्ने र जीवनले अघि सारेका कामहरू पूरा गर्ने सम्भावना पूरा गर्दछ । यस्ता नियमहरू अनुभव र ज्ञानका नतिजाको संयोजन हुन् । आफ्नो गतिविधिको सिलसिलामा मानिसले एक निश्चित विधि प्रयोग गर्दछ । साथै उसले आफ्नो व्यवहारमा नयाँ ज्ञान आर्जन गर्दछ र त्यसलाई विज्ञानको कसौटीमा जाच्दै परिष्कृत गर्दै जान्छ ।

सही ज्ञान प्राप्त गर्ने माथिको यसै कसौटीमा ठोरी र माणीमा अयोध्या पत्ता लगाउने र राम हनुमानका मूर्तिमा अबिर जात्रा गरेर काठमाडौंबाट जुलुसको लर्काे चितवनतर्फ बढाउन लगाउने अनुसन्धानकर्ताको हैसियत पत्ता लाग्छ । भारतकै इतिहासमा विवादित रहेका राम असारमा नेपालको ठोरीमा अयोध्या फेलाप¥यो भनेर प्रधानमन्त्रीलाई भाषण गर्न उछाल्ने र भदौमा पुग्दा ठोरी रहेनछ चितवनको माणी पो रहेछ भनेर ठोरीबाट माणीतिर दगुर्ने अनुसन्धानकर्ताको ज्ञानको स्तर कस्तो होला ? यसैबाट अनुमान गर्न सकिन्छ । अनि यस्ता उडन्ते अनुसन्धानकर्ताको पछि दगुरेर ‘कागले कान लग्यो भनेर कोही कराइदियो भने कान छाम्नुको साटो कागकै पछि दगुर्ने देशका प्रधानमन्त्रीको अवस्था कस्तो होला ? यो विचारणीय छ । यस अघिका प्रधानमन्त्रीको चाला त्यस्तै देखियो । उनी जसले जे भन्यो त्यसैको लहैलहैमा लागेर कहिले ठोरीमा अयोध्या देख्न पुगे कहिले माणीमा । तर, उनले देखेको दुवै ठाउँ गलत सावित भयो ।

आखिर कसरी आयो पर्साको ठोरीमा अयोध्या ? ठोरीको अयोध्या तीन महिनापछि कसरी किन स¥यो चितवन ? किन के कारणले बहकिए प्रधानमन्त्री ओली ? यो विज्ञानमा विश्वास गर्ने भविष्यको विज्ञानको ज्ञानमा आधारित समाजवादी समाज निर्माणमा जुट्न इच्छुक नेपालीहरूको लागि गम्भीर प्रस्न हो । देश हाँक्ने मान्छे जसले जे भन्यो उसैको पछि लागेर प्रमाणित नभएको कुरामा किन बुरुक्क उफ्रिए ? यो प्रश्नको समाधान ज्ञानसँग सम्बन्धित वैज्ञानिक भौतिकवादमा आधारित भएर मात्र पत्ता लगाउन सकिन्छ । मानिसका ज्ञान र कामका गतिविधिको बीचमा आन्तरिक सम्बन्ध हुन्छ ।
विज्ञानका निश्चित नियमद्वारा यो सम्बन्ध कायम गरिन्छ यसरी हेर्दा ठोरी र माणीमा अयोध्याको अनुसन्धान गर्नेहरू ज्ञानको क्षेत्रमा अत्यन्तै कच्चा देखिन्छन् । उनीहरूले गरेको अनुसन्धान बेकामे देखियो । किनभने अध्ययन र अनुसन्धान एक त्यस्तो सुस्थापित नियमहरूको समष्टि हो जुन अध्ययन वैज्ञानिक भौतिकवादमा आधारित हुन्छ । फलतः अध्ययन विधि भनेको अनुसन्धानकर्ताप्रति केही त्यस्ता मागहरू हुन्छन् । जुन वैज्ञानिक बिधिहरू तथा नियमहरूको प्रणालीमा खोज्नुपर्ने हुन्छ । तर, यहाँ ती कुनै पनि लक्षण देखिएन ।

यदि रामका अनुसन्धानकर्ताहरू ठोरीमा हामी प्रारम्भिक अवस्थामा थियौँ त्यसैले अनुसन्धान कमजोर भयो भन्छन् भने उनीहरूको ज्ञानोपार्जन वा अनुसन्धानका तरिकाहरू वैज्ञानिक विधिको अनुसन्धानमा आधारित नभएर काल्पनिक छन् र ती भविष्यमा बतासे पूmल सावित हुनेछन् र केपी शर्मा ओली यस्तै बतासे पूmलका भजन मण्डलीका नायक हुनेछन् । वैज्ञानिक अध्ययनको ज्ञानोपार्जन विधिको भूमिका स्पष्ट पार्दै वेकनले भनेका छन्, ‘विनाबाटो जथाभावी हिँड्ने मान्छेलाई बाटोमा हिँड्ने एउटा लंगडोले पनि उछिन्छ ।’

अध्यात्मवादीहरूले अध्ययन र अनुसन्धान विधिलाई प्रतिपादित गर्दछन् र कल्पनामा आधारित मनगढन्ते कथाका पात्रमा अनुसन्धानको ढोल पिटाउँछन् । माक्र्सवाद– लेनिनवादका संस्थापकहरूले अध्ययन र अनुसन्धान विधिको समस्याको वैज्ञानिक समाधान प्रस्तुत गर्नुभएको छ । ज्ञानोपार्जन विधि भनेको दार्शनिकहरू तथा वैज्ञानिकहरूद्धारा भौतिक गतिविधिबाट स्वयं विषय बस्तुबाट अलग भएर काल्पनिक तरिकाले मनपरि प्रोपोगण्डा गरेर भ्रम सिर्जना गर्नु होइन । ज्ञान पथ त्यसैवेला मात्रै सही अथवा प्रामाणिक हुन सक्छ । प्रस्तुत ठोरी र माणीको अयोध्याको विषय अध्ययन विधि र आफ्नो अन्तरबस्तुमा बस्तुपरक हुन्छ, अर्थात त्यो यथार्थ जगत र मानव अनुभवको अनुरूप हुन्छ । भौतिकवादी विधिले व्यवहारमा आफ्नो आधार भेट्टाउँछ र त्यसैको आधारमा योजना बनाउँछ ।

आज पर्साको ठोरीमा र माणीमा अयोध्याको पुष्टिगर्न हिँडेका अनुसन्धानकर्ताहरू एक ठाउँबाट अर्को ठाउँ भाग्नुको कारण पनि यहीँ पुष्टि गर्न सक्ने आधार फेला नपरेर नै हो । उनीहरूले भने जस्तो ठोरी र माणीमा अयोध्या भेट्न सकिँदैन । यो मनगणन्ते कुरा नै हो । एउटा वैज्ञानिक अनुसन्धानकर्ताले कुनै पनि काम गर्नुभन्दा अगाडि ती काम गर्ने तरिकाहरू र तिनले निकाल्ने परिणामहरू बारे गम्भीर रूपमा सोच विचार गर्नुपर्दछ । तर, सत्तामा बसेर हावादारी गफ दिने पूर्वप्रधानमन्त्री ओलीले त्यसको आवश्यकता ठानेनन् ।

व्यावहारिक रूपमा यी पद्धति नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट कार्यकर्ताबीच स्थापित भइसकेका हुन् । तर, आज नक्कली अनुसन्धानकर्ताहरूले प्रोपोगण्डाको रामहनुमानको नक्कली बजार खडागरेर पण्डाहरूले जस्तो सोझा नागरिकहरूको खल्ती रित्याउने उपाय गरिरहेका छन् । वैज्ञानिक ज्ञानबाट प्राप्त सही तरिकाले व्यवहारमा प्रयोग गरिएका अनुभवमा आधारित ज्ञानले मात्र हामीलाई हाम्रो लक्ष्यसम्म पु¥याउन सक्छ । त्यसै कारणले कुनै पनि अनुसन्धान त्यो राजनीति होस् उत्पादन होस्, मानव सम्बन्ध होस् वा इतिहासका सबालमा होस् त्यो भरपर्दाे बिधिको तर्जुमा र विज्ञानले पुष्टि गर्न सक्ने तथ्यमा आधारित हुनुपर्छ । राज्य सञ्चालन गर्ने शासकले व्यावहारिक ज्ञानबाट अलग रहेका जनतासँग एकाकार नभएका शास्त्रको पनि अधुरो ज्ञानमा ढ्वाङ पिट्ने रासायनिक बुद्धिजीवीको सल्लाहमा कुरा गर्नु हँुदैन । जिम्मेवार ठाउँमा बसेको मान्छेले बोल्नुभन्दा अगाडि धेरैपटक सोच्नुपर्छ । भनाइ नै छ ‘सातपटक नाप एकपटक काट ।’ हरेक मान्छेले बोल्दा त्यसले भोलिका दिनमा पार्ने प्रभाव र समाजमा जाने त्यसको सन्देशका बारेमा ख्याल गर्न सकिएन भने त्यसले कुनै अर्थ राख्दैन । प्रधानमन्त्रीको पदमा आसिन भएका बेला केपी ओलीका अभिव्यक्ति पनि त्यस्तै देखियो ।

प्रतिक्रिया