काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतना सम्बन्धी कार्यक्रम बर्दियाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न गरेको छ । मंसिर ७ मा गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ सय ५ जना विद्यार्थीको सहभागिता थियो । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका कार्यक्रममा अतिथी गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले आफनो धारणा राखेका थिए ।
त्यसै गरी ८ मंसिरमा राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको महत्व बारेमा क्याम्पस उप प्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सिता चौधरीले प्रकाश धारणा राखेका थिए ।
वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ मा बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको छ । कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएको कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले आफना धारण राखेका थिए ।
त्यसै गरी मंसिर ११ मा काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया