खोजखबर

नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी विजयी

कृष्णप्रसाद अधिकारी २०७८ मंसिर १२ गते १७:३७ मा प्रकाशित

दैलेख । नेपाली कांग्रेस दैलेखको जिल्ला सभापतिमा पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति चयनका लागि संस्थापन समूह (कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

सभापतिमा संस्थापन समूहबाट कांग्रेस दैलेखका युवा नेता घनश्याम भण्डारी र संस्थापन ईतरका मणिराम रेग्मी चुनावी मैदानमा थीए । जिल्ला कार्य समिति चयनका लागि शनिबार मतदान भएको थियो । शनिबार साँझदेखि नै सुरू भएको मतगणनाको अन्तिम मत परिणाम आइतबार साँझ सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार ७९१ मतसहित रेग्मी कांग्रेस दैलेखको सभापतिमा निर्वाचित भएका हुन् । संस्थापन समूहबाट सभापति पदका उम्मेदवार घनश्याम भण्डारीले ७५४ मत पाए । जिल्लामा जम्मा १५ सय ५९ मत खसेको थियो ।

मत गरण सकियपछि उनिहरुले आम नागरिक तथा मतदाताहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै आफ्नो अभिब्यक्ति दिएका छन् । सभापति हारेमा घनश्याम भण्डारीले भने, ‘हामी सबै कांग्रेस हौँ, पार्टिमा मणिराम सरको धेरै योगदान छ, हामीले मतदाताहरुलाई आफ्नो स्व विवेक प्रयोग गर्ने दिएका थियौ जस अनुसार मतदादाहरुले स्व विवेक प्रयोग गरेर मणि सरलाई विजयी गराउनुभएको छ ।’

त्यस्तै रेग्मीले पनि सबैलाई घन्यवाद दिँदै भने, ‘हामी एउटै पार्टीमा रहेर काम गरिरहेका छौँ, चुनावमा जाँदा हार जित स्वभावित हो, मैले यहाँबाटै घोषण गरे घनश्यामलाई जिल्ला कार्यसमितिमा नेपाली कांग्रेसको वरिष्ठ नेताका रुपमा राखिने छ ।’

प्रतिक्रिया