खोजखबर

‘ओलीले आफूलाई केन्द्रमा राखेर गरेको सहमति मान्य हुनेछैन’

सौर्य अनलाइन २०७८ मंसिर १२ गते १५:१४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई केन्द्रमा राखेर गरेको सहमति मान्य नहुने बताएका छन् । पार्टीका उपाध्यक्ष भीम रावल निकट मानिने नेता शाहले सहमतिको नाममा आफूलाई केन्द्रमा राखेर गरिएको निर्णय मान्य नहुने बताएका हुन् ।

सहमतिका लागि अध्यक्षका उम्मेदवारबीच छलफल भएर उचित निष्कर्ष निकाल्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘दुई अध्यक्षका उम्मेदवारबीच जीवन्त संवाद भनेर निकलिने निष्कर्षलाई सहमति भनिन्छन । तर सहमतिका लागि कसैले लाँदेर सहमति हुँदैन ।’ पार्टीको १० औं महाधिवेशनमा सहभागी कार्यकर्ता, देशभरीका नेता कार्यकर्ताहरुको भावना अनुसार पार्टी भित्रका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने गरी सबैले अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय