कांग्रेस केन्द्रीय सभापतिमा उमेदवारी दिने युवराज न्यौपानेको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि गोरखाका ४० वर्षीय युवराज न्यौपानेले केन्द्रीय सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यही मंसिर २४ गतेदेखि हुने पार्टीको महाधिवेशनमा सभापति पदमा उठ्ने बताए । आफ्नो एजेन्डा स्थापित गर्न सभापतिमा उमेदवारी दिन लागेको उनको भनाइ छ ।

जिल्लामा महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय सभापति लड्न ठूलो संघर्ष गरेको पनि उनले बताए । आरुघाट गाउँपालिका वडा नम्बर–८ का उनी ०६२ सालका क्रियाशील सदस्य हुन् । पछिल्लो समय व्यापार–व्यवसायमा संलग्न छन् । ०५७ देखि २०६० सम्म माध्यमिक शिक्षक भएर काम गरेका उनी चीनको जनसम्पर्क समितिका संस्थापक महामन्त्री हुन् । उनले ०५७ मा तत्कालीन आरुपोखरी गाउँकमिटीको सचिव भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया