कांग्रेस काभ्रेको जिल्ला सभापतिमा देउवा प्यानलका तीर्थ लामा विजयी

काठमाडौं । नेपाली कांग्रेस काभ्रेको जिल्ला कार्यसमिति सभापतिमा देउवा–सिटौला प्यानलका तीर्थ लामा विजयी भएका छन् । पौडेल–कोइराला प्यानलका अच्युत पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा सभापति निर्वाचित भएका हुन् । लामाले १६ सय ४६ मत प्राप्त गर्दा पौडेलले ७७० मत पाएका छन् ।

उपसभापतिसहित पूरै टिम देउवा–सिटौला प्यानल निर्वाचित भएको छ । जिल्ला सभापति बनेका लामा सभापति शेरबहादुर देउवानिकट हुन् । उपसभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट रमेश हुमागाईं र ठाकुरप्रसाद न्यौपाने निर्वाचित भएका छन् । सचिवमा सिटौलानिकट माधव ढकाल र देउवानिकट गुणराज मुक्तान निर्वाचित भएका छन् । सहसचिवमा रवीन्द्रनाथ सिक्देल र समीर व्यञ्जु श्रेष्ठ निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया