उपाध्यक्षमा मत माग्दै घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले त्यसका लागि फेसबुकमार्फत् मत मागेका छन् । शनिबार उनले सार्वजनिक गरेको फोटोमा नारा लेखिएको छ- दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ। सामूहिकता, विधि र विचारसहितको नेकता एमालेको पुनरोदय गरौँ ।

भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, आफू निकटका नेताहरुबाट ‘सुरक्षित पद’का लागि तयारी गर्न दबाब बढेपछि उनी पछि हटेका थिए । एमालेमा ६ जना उपाध्यक्ष हुने निर्णय भएको छ । असोजमा सम्पन्न विधान महाधिवेशनबाट ४ जना मात्रै उपाध्यक्ष हुने पारित भएको भए पनि शुक्रबार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ६ जना उपाध्यक्ष हुने निर्णय गरेको हो ।

प्रतिक्रिया