दैलेख कांग्रेसकाे नयाँ कार्यसमितीकाे लागि निर्वाचन आज

दैलेख । नेपाली कांग्रेस दैलेखको जिल्ला अधिबेशन शनिबार हुदै छ । सदरमुकाम दैलेखमा हुने अधिबेशनले कांग्रेसको नयाँ जिल्ला कार्यसमिती चयन गर्नेछ । कांग्रेसको १४औं महाधिबेशन अन्र्तरगत क्षेत्रीय र माहधीबेशन प्रतिनीधिहरुको निर्वाचन यस अघि नै सम्पन्न भइसकेको छ । जिल्लाको नयाँ नेतृत्वका लागी नेपाली कांग्रेसको निर्वाचन हुंदैछ । अधिबेशनमा सहभागी हुन जिल्लाभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सदरमुकाम दैलेखमा आएका छन् ।

सस्थापन (देउवा) र सस्थापनईतर(पौडेल) प्यानलबाट आ–आफ्नो समुह बनाएका नेता तथा कार्यकर्ताहरु नतीजा आ–आफ्नै पोल्टामा पार्ने दावी गर्दै दौडधूप गरिरहेका छन् । कांग्रेसको नयाँ जिल्ला कार्य समितीका लागी दुल्लु नगरपालीकाका मेयर समेत रहेका नेता घनश्याम भण्डारी र मणिराम रेग्मीको प्यानल चुनावी मैदानमा होमिएको छ ।

संस्थापन (शेर बहादुर देउवा) समुहबाट भण्डारी र संस्थापनइतर (रामचन्दै पौडेल) समुहबाट रेग्मीको प्यानल निर्वाचनमा प्रतिस्पर्धाका लागि जुटेको हो । घनश्याम भण्डारी सभापति रहेको प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारीको उम्मेदवारी रहेको छ ।

यस्तै, भण्डारीको प्यानलबाट सह–सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् । याे प्यानलले महिलालाइ भने अघि सारेकाे छैन् । महत्वपुर्णा पदमा महिलालाइ बिस्वास नगर्नु याे पानकाे कमजारी भएकाे एक महिला प्रतिनिधिले बताइन् ।

यता रेग्मी सभापति रहेको प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही (चट्टान) र कनक बहादुर सेनको उम्मेदवारी रहेको छ । जिल्ला कार्यसमितीको अन्य सदस्य पदका लागि पनि दुईवटै प्यानलबाट बिभीन्न व्यक्तिहरुको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया