पोखराका जगन्नाथ बास्तोलाद्वारा एमालेकाे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन । पोखराका जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । बास्तोलाले आज सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् ।

माछापुच्छ्रे गाउँ पालिकाको निबर्तमान गाउँ कमिटी अध्यक्ष एंब नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहनुभएका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आएका छन् । वि.सं. २०२३ सालमा कास्कीको ल्वाङघलेल – १ मा जन्मिएका बास्तोलाले २०३७ सालदेखि स्कुले जीवन र कलेजको विद्यार्थीकालमा अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका थिए ।

बास्तोलाले विभिन्न निर्वाचनहरूमा नेकपा एमाले पार्टी र एमालेका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण जिम्मेवारीमा रही काम समेत गरेका थिए । निर्वाचनका क्रममा माछापुच्छ्रे गाउँपालिकाको संयोजक रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए । वि.सं. २०५४ सालमा तत्कालिन ल्वाङघलेल गाविसको पार्टी उपाध्यक्ष समेत रहेका बास्तोलाले २०४८ र २०५१ सालको निर्वाचनमा पनि पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिएका थिए ।

विद्यार्थी जीवनदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको बताउँदै बास्तोलाले आफूलाई गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा विजयी गराउन उनले सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया