बारका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएकाल छन् । देउवाले बारका पदाधिकारीलाई छलफलका लागि आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ । बारले प्रधानन्यायाधीश विरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम आज सकिँदैछ ।

प्रतिक्रिया