खोजखबर

दैलेखमा पौडेल पक्षका सापकोटाद्वारा देउवा पक्षबाट सह–सचिवमा उम्मेदवारी

सौर्य अनलाइन २०७८ मंसिर १० गते ९:१६ मा प्रकाशित

दैलेख । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेखमा वडा, पालिका प्रदेश र केन्द्रको महाधिवेशन सकिएको छ । जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । अहिले नेता तथा कार्यक्रताहरु आफ्नो पक्षमा मद माग्न ब्यस्त छन् ।

केन्द्रमा गुटगत राजनितिको असर जिल्ला सम्म परेको सन्दर्भ छ र हाल दैलेख जिल्लामा पौडेल पक्ष र देउवापक्षले आफ्नो समुहलाई भोट दिएर १४ औँ महाधिवेशन जिल्लासभापति तथा अन्य प्रतिनिधि आफ्नो पक्षका विषयी गराउन दौडधुप चलिरहेकोबेला लामो समय देखि पौडले पक्षमा रहेका धिरेन्द्र सापकोटा देउवा पक्षका उम्मेदवार घनश्याम भण्डारीको समुहबाट सहसचिवमा उम्मेदवारी दिने भएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष नेपाली कांग्रेस दैलेखको जिल्ला कमिट सदस्य तथा १३औँ महाधिवेशनमा सबै भन्दा बढि भोट ल्याएका उनि क्षेत्र नं २ बाट महाधिवेशनमा सर्बाधिक भोट ल्याउने ब्यक्ति हुन् । उनी हाल सम्म पौडल पक्षमा सकृय रुपमा लागेका थिए । १४औँ महाधिवेशनमा घनश्याम भण्डारीलाई जिल्ला सभापतिमा जिताउने उद्देश्यका साथ भण्डारीको प्यानलबाट सह सचिवमा उम्मेद्धारी दिदै यसै समुहमा रहेर काम गरी सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय