ब्लाक प्लसको दोस्रो लक्की ड्रमा राजभण्डारी

काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै ब्लाक्क प्लस डेक्करले यस वर्ष दसैं–तिहार लक्की स्क्रयाच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको छ । लक्की स्क्रयाच योजनाअन्तर्गत ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कार्ड पाउनेछ । जसमा हात खाली नजाने १ लाख रुपैया सम्मका आकर्षक क्यास प्राइज तुरन्त प्राप्त गर्न सकिनेछ । मासिक र बम्पर लक्की ड्र योजनाअन्तर्गत मासिक उपहारमा ब्लाक्क प्लस डेक्करको ओएफआर ओएल हिटर र ओटीजी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एलजीको ९ केजी फ्रन्टलोड वासिङ मेसिन जित्न सकिनेछ ।

सोही योजनाको दोस्रो मासिक लक्की ड्र मंसिर ६ मा ब्लाक्क प्लस डेक्कर ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको थियो । यस दोस्रो मासिक लक्की ड्रको बिजेता खोटाङका प्रसन्ना राजभण्डारी भएका छन । भण्डारी ब्लाक्क प्लस डेक्करको ओएफआर हिटर जितेका छन् ।

ब्लाक्क प्लस डेक्करको दसैं–तिहार लक्की स्क्रयाच योजनाका साथै बम्पर लक्की ड्र अफरअन्तर्गत एलजीको ९ केजी फ्रन्टलोड वासिङ मेसिनको भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै छ । योजनामा सहभागी हुनका लागि ब्लाक्क प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टीमा आफ्नो पूर्ण विवरण भर्नुपर्ने हुन्छ । ब्लाक्क प्लस डेक्कर ब्रान्डका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी ईओएल रहेको छ ।

प्रतिक्रिया