ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

काठमाडौं । कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएकाे छ । महिलाको मृत्यु भएपछि आक्रोसित भएका स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

स्थानीयको भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको बताइएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

प्रतिक्रिया