एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई प्रहरीका एआईजी र डीआईजीले सुरक्षा दिने

चितवन । एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन आउन लागेका हुन् ।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको आज साँझसम्म चितवन आइपुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत स्थायी कमिटीका नेताहरू पनि आज नै चितवन आउने भएका छन् । महाधिवेशन सुरक्षाको लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् ।

प्रतिक्रिया