कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटीद्वारा प्यानल सहित उम्मेदवारी घोषणा

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटीले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । नेपाल बिद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै नेपाली कांग्रेस कंचनपुरको सचिब समेत रहिसकेका नेता बोगटीले आज पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा सभामा नेता बोगटीले नेपाली कांग्रेस कंचनपुरको संगठनलाई थप उर्जावान बनाउन र पहिलो पार्टीको रुपमा स्थापित गर्ने आफुले सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । बोगटीको प्यानलबाट उपसभापतिमा बर्तमान सचिव दिवाकर पाण्डे र बर्तमान कोषाध्यक्ष शंकर चन्द, सचिवमा नेपाल ट्रेड युनियनका सुदुरपश्चिम् प्रदेश अध्यक्ष सिद्धराज भट्ट र बर्तमान जिल्ला कार्यसमिति सदस्य जनक धामी तथा सह सचिवमा बर्तमान जिल्ला कार्य समिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्यमा कबिराज भट्ट उम्मेदवार रहेका छन् ।

कञ्चनपुरमा लोकप्रिय रहेका नेता पदम बोगटीको उम्मेदवारीले कांग्रेस कञ्चनपुर भित्र नया तरंग ल्याएको र बिद्यार्थी कालदेखी नै निरन्तर पार्टी सङ्गठनमा सक्रिय इमान्दार नेता भएकाले उनको जित सुनिस्चित रहेको नेपाली कांग्रेस कञ्चनपुरका एक नेताले बताए।

प्रतिक्रिया