खोजखबर

एमालेको मात्रै होइन, सिंगो देशकै नेताको रूपमा ओलीको विकल्प छैन : प्रदीप ज्ञवाली

सौर्य अनलाइन २०७८ मंसिर ८ गते १६:१० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे ।

उनले भने, ‘निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।’

ओली राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले बताए । एमालेको महाधिवेशन १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय