शम्भुलाई एकै महिनामा दुई अवार्ड

काठमाडौं । कलाकार शम्भु शाहीले एकै महिनामा अवार्ड हात पारेका छन् । शाहीले केही दिनअघि ‘स्टार ईन्टरनेशनल अवार्ड २०२१’ कार्यक्रममा डान्स कोरियोग्राफर तर्फ जुरी अवार्ड प्राप्त गरेका हुन् भने ‘सहारा एप सगरमाथा’ म्युजिक अवार्डमा हाम्रो ‘जोडी हिट’ गीत मार्फत सर्वोत्कृष्ठ कोरियोग्राफरको अवार्ड हात पारेका हुन् ।

उनी दुई दर्जनभन्दा बढी ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाएर कोरियोग्राफी गरेका छन् । सानैदेखि नाच्ने र गाउनेमा रुची राख्ने शाही ईन्टरनेशनल फेस्टिवलहरुमा सहभागिता जनाएपछि विदेशी संस्कृति आफूले सिक्ने र आफ्नो नेपाली कला संस्कृति बिदेशीलाई सिकाउने पनि गर्दथे ।

आफ्नो नेपाली मौलिक संस्कृतिलाई देश तथा विदेशमा फैलाउनुका साथै प्रचारप्रसार गर्ने लक्ष्य रहेको शाहीले बताए । आफ्नो पारिवारिक माहोल नै संगीतमय भएको हुँदा सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहज भएको उनको भनाइ छ ।

शाहीले सांस्कृतिक कार्यक्रमको शिलशिलामा अमेरिका, जापान र युरोपियन देशहरुमा सहभागिता जनाएर नेपालको कला संस्कृति प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया