रोचक

गलत यौन सम्बन्धले किशोरी अस्पताल, किशोर जेल

सौर्य अनलाइन २०७८ कार्तिक २८ गते ९:३६ मा प्रकाशित

मुम्बई । सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन् । यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च रक्तस्राबपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।

मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई धम्की दिएर महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे । एक धार्मिक स्थलमा घुमेपछि उनीहरु होटलमा छिरे, जहाँ उनीहरुबीच शारिरीक सम्बन्ध बन्यो ।

शारीरिक सम्बन्धपछि किशोरीको स्वास्थ अवस्था बिग्रियो । उच्च रक्तस्राव भएपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरीलाई लिएर गए । तर, ती डाक्टरले यो केस हेर्न मानेनन् । त्यसपछि बाध्य भएर ती किशोरले जिल्ला अस्पतालमा किशोरीलाई लगे । जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो । त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो । यता, पुलिसले किशोरलाई पक्राउ गरेर उनीविरुद्ध धारा ३७६, पाँक्सो प्रकरणमा मुद्दा दर्ता गर्यो, यी किशोरलाई अहिले सुधारगृहमा पठाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय