रोचक

यौनकर्मीसँग निःशुल्क ‘टाइम पास’, तर शर्त . . .

सौर्य अनलाइन २०७८ कार्तिक २७ गते ७:५६ मा प्रकाशित

भियना । कोरोना भाइरससँगको लडाईंमा भ्याक्सिन अत्यावश्यक हतियार हो तर यति हुँदाहुँदै पनि मानिसहरु भ्याक्सिन लगाउन तयार छैनन् । यसैकारण मानिसहरुलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदैछ । यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ तर अस्ट्रियाको राजधानी भियनामा जुन अफर दिइँदैछ, त्यो सुन्दा तपाईंलाई अचम्म लाग्ला । फभियनामा कोरोना भ्याक्सिन लगाउनेहरुले यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर दिइँदैछ । फन पलास्ट नामको वेश्यालयले यो अचम्मको अफर ल्याएको हो । यो वेश्यालयले खोपको सुविधा पनि उपलब्ध गराइरहेको छ ।

अफरमा बताइए अनुसार खोप लगाएका व्यक्तिले आफूलाई मनपरेको यौनकर्मीसँग निःशुल्क ३० मिनेटको समय बिताउन सक्नेछ । रोचक कुरा के हो भने यो अफरको लाभ उठाउन मानिसहरु पुगिरहेका पनि छन् । वेश्यालयका अनुसार खोप अभियानलाई प्रोत्साहन दिनु सबैको जिम्मेवारी हो । यसैलाई बुझ्दै आफूहरुले यस्तो अफर दिइरहेको वेश्यालयले बताएको छ ।

अस्ट्रियामा ६४ प्रतिशत मानिसले मात्रै पूर्ण खोप लगाएका छन् । सरकार खोप अभियानको गति बढाउने कोसिस गरिरहेको छ । यसका लागि कडा निर्णय लिइँदैछ पनि । जस्तै रेष्टुरेन्ट, पब, सैलुन र अन्य सार्वजनिक स्थानमा भ्याक्सिन नलगाएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । देशका कडा नियम लागू गरिएको छ जसअन्तर्गत होटल र सिनेमाघर वा २५ जनाभन्दा बढीको कार्यक्रममा जानका लागि पूर्ण खोपको प्रमाणपत्र वा कोरोनाभाइरसबाट निको भएको प्रमाणपत्र दिन आवश्यक पर्छ ।

अस्ट्रियामा ठूलो संख्यामा मानिसहरु वेश्यालय जान्छन्, यस्तोमा यौनकर्मीसँग निःशुल्क समय बिताउने अफर प्रभावकारी हुने अनुमान गरिएको छ । प्रशासनसँग जोडिएका अधिकारीले पनि फन पलास्टको यो पहलले खोप अभियानलाई तीब्रता दिन मद्दत गर्ने विश्वास राखेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय