पाँचथर । एमालेको नगरअधिवेसन पूर्व तयारी पुरा भएको छ । आइतबार बसेको पूर्ण बैठकले बिभिन्न ब्यवस्थापनका समिति गठन गरेको नगर अध्यक्ष पृथ्वि लावतीले जनाए । नगर अधिवेसन भब्य र सब्य रुपले मनाउन १४ वटा वडाहरुका वडाअध्यक्ष बीच छलफल गरेको थियो । काति २४ गते हुन गइरहेको प्रथम नगरअधिवेसन सफल बनाउन, यातायात, मञ्च ब्यवस्थापन, प्रचार प्रचार, प्रतिवेदन, आर्थिक लगायतका समिति गठन गरेको जनाइएको छ ।
बैठकमा पूर्वमन्त्री तथा प्रदेश १ का प्रदेश कमिटी सदस्य वसन्तकुमार नेम्वाङले नगर अधिवेशनलाइ प्रदेश इञ्चार्ज तथा एमालेस्थाइ समितिका सदस्य सुभासचन्द्र नेम्वाङले उद्घाटन गर्ने जानकारी दिए । उक्त बैठक सम्वोधन गर्ने क्रममा मन्त्री नेम्वाङले वर्तमान सरकार, सरकार सञ्चालन गर्नु भन्दा कसरी एमालेलाई धुलो चटाउन सकिन्छ भनेर लागेको र सञ्चार क्षेत्र पनि त्यतै दगुरेको आरोप लगाए । प्रथम नगर अधिवेसन जिसस परिसरमा नव सिटीहलमा सम्पन्न गर्ने तयारीमा लागेको आयोकले जनाएको छ । फिदम नगर सहित अन्य पालिकाहरुमा २३ , २४ , २५ गते अधिवेशन हुने सचिवालय सदस्य तथा प्रेस चौतारी जिल्ला अध्यक्ष तुलसी थापाले जानकारी दिए ।
प्रतिक्रिया